विद्यालयको परिचय:-विस्वमा नै ब्यापक रुपमा परिचीत हुन सफल शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मावलि स्थलको रुपमा परिचित लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी(बसुप) जिल्ला सुनवनल नगरपालिका वडा नम्बर ७ अन्तर्गत चुरे पहाडको काख र महेन्द्रराजमार्ग र बौद्ध मार्गको समिपमा रहेको छ l बिबिध धर्म जातजाति भाषा भाषी रहन सहन भेषभुषा अनुसार यस विद्यालयको सेवा क्षेत्रमा करीब ७०० घरधुरी रहेको पाइन्छ l सेवा क्षेत्रबाट बालबालिकालाई विद्यालयमा आउन भौगोलिक दृष्टिकोणले कुनै समस्या देखिदैन l आर्थिक र शैक्षिक रुपमा यस क्षेत्रका जनता निम्न बर्गिय रहेको पाईन्छ l यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुको अभिभावकहरु आर्थिक रुपमा निम्न बर्गका विद्यार्थीहरुलाई पढाईमा नियमित गराउन, आवस्यक शैक्षिक सामाग्री कापि , कलम साथै पोशाकको ब्यवस्था गर्न निकै चुनौतीको रुपमा रहेको छ l जसले गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि समस्या रहेको छ यस विद्यालयमा अध्यापन गराउने सम्पुर्ण शिक्षक तथा कर्मचारी दक्ष रहेका छन l
प्रधानाध्यापकको भनाइ
प्रिय अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू, शिक्षक तथा कर्मचारी साथीहरू, विद्यालयका शुभेच्छुक एवं सरोकारवाला महानुभावहरूमा हार्दिक स्वागत गर्दछु
जन ज्योति आधारभूत विद्यालय को आधिकारिक वेबसाइटमा तपाईंहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं विद्यालय केवल ज्ञान आर्जन गर्ने थलो मात्र नभई अनुशासन, नैतिकता, सिर्जनशीलता, नेतृत्व क्षमता तथा असल नागरिक निर्माण गर्ने पवित्र शैक्षिक संस्था हो भन्ने हाम्रो विश्वास रहेको छ
हामी प्रत्येक बालबालिकालाई गुणस्तरीय, समावेशी, बालमैत्री तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै खेलकुद, कला, संस्कृति, वातावरण संरक्षण तथा जीवनोपयोगी सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं
विद्यालयको उन्नति र सफलताका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूको निरन्तर सहयोग र सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दछु आगामी दिनहरूमा पनि सबै पक्षको साथ, सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएको छु
यस वेबसाइटमार्फत विद्यालयका गतिविधि, उपलब्धि, सूचना तथा सेवाहरू सहज रूपमा प्राप्त गर्न सकिनेछ विद्यालयप्रतिको तपाईंहरूको विश्वास, सहयोग र सद्भावका लागि धन्यवाद
"गुणस्तरीय शिक्षा, उज्ज्वल भविष्य" भन्ने हाम्रो लक्ष्य प्राप्तिका लागि हामी निरन्तर प्रयत्नशील रहनेछौं
धन्यवाद
साबित्री कुमारी राना
प्रधानाध्यापक
जन ज्योति आधारभूत विद्यालय
सुनवल७, ज्यामिरे, नवलपरासी, नेपाल