मन्टेश्वरी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
27th June, 2024Mahakavi Devkota Campus
महाकवि देवकोटा क्याम्पस मन्टेश्वरी शाखाको आयोजनामा आज मिति २०८१/०३/०७ गतेका दिन यसै क्याम्पसको सभाहलमा सफलता पूर्वक मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चलक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि लामिछानेले मन्टेश्वरी तालिमले विद्यार्थीहरुमा अध्यापन सीपको विकास हुने विचार व्यक्त गर्नुभयो सो अवसरमा तिन महिना मन्टेश्वरी तालिम लिएका १८ जना विद्यार्थीहरुलाई प्रमाणपत्र र टीका प्रदान गरिएको थियो कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष ढकालले आफ्नै क्याम्पसमा सीपमूलक मन्टेश्वरी तालिम सिक्न पाउनु विद्यार्थीहरुको लागि सौभाग्य भएको विचार व्यक्त गर्नुभयो उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्यालले गर्नुभएको थियो
You have to login to leave a review
