सगरमाथा मा.वि. मा गायन प्रतियोगिता सम्पन्न
17th December, 2024Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगरमा कक्षा २ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको गायन प्रतिभालाई प्र्रस्फुटन गराउने उद्देश्यले आज साप्ताहिक कार्यक्रम अन्तर्गत खुला गायन प्रतियोगिता सम्पन्न भएको छ उक्त प्रतियोगितामा जुनियर समुहतर्फ कक्षा ५ का शिशिर भण्डारी प्रथम, कक्षा ३ का आरध्या पौडेल द्धितीय, कक्षा ४ कै सरिका आचार्य तृतीय र कक्षा २ कि इसिता थापाले सान्त्वना स्थान हासिल गरेका छन् त्यसैगरी सिनियर समुह तर्फ कक्षा १० का साहिल वि क प्रथम, कक्षा ९ कि जान्वी मास्के द्धितीय, कक्षा ७ की सिम्रन सुनारले तृतीय र कक्षा १० का आर्यन पौडेलले सात्वना स्थान हासिल गरेका छन्
छनोट चरण पार गरेका जम्मा २६ सहभागीहरुको बिचमा रहेको उक्त कार्यक्रमका अध्यक्षय प्राचार्य कृष्ण प्रसाद पौडेलले गायन कला मानव जीवनको लागि महत्वपूर्ण कला हो यसले मानवका दुःख, पीडा पनि बिर्साएर मानवलाई आनन्दानुभूति गराउन सक्छ त्यसकारण आफ्नो गायन कलालाई अभिवृद्धि गर्दै लैजानुपर्ने कुरामा जोड दिनुभयो शिक्षक रस्सा केसीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सह–प्राचार्य प्रदिप अधिकारी र शिक्षक राजा प्रधानले निर्णायमा भुमिका निर्वाह गर्नुभएको थियो
You have to login to leave a review
