Login

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपसमिति हरु बिच सयुक्त बैठक सम्पन्न

21st December, 2024
Janakalyan Multipurpose Co- Operative Ltd
सुनवल नवलपरासी  आज मिति २०८१-०९-०६ गते जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपसमितिहरूको सयुक्त बैठक संस्थाका अध्यक्ष श्री दयाराम भण्डारी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ l    यस बैठकमा संस्था अन्तर्गतका सामाजिक सेवा, ब्यापार कृषि उपसमितिहरूका संयोजक लगायत सम्पुर्ण प्रतिनिधिहरूको उपस्थिति रहेको थियो बैठकले संस्थाको आगामी कार्ययोजना, आर्थिक योजना, तथा सदस्य सेवा सुविधाका विषयमा छलफल गरेको छ सयुक्त बैठकले सहकारीको सेवा विस्तार, सदस्यहरूका समस्या समाधान तथा दीर्घकालीन योजनाको कार्यान्वयनका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी प्राप्त भएको छ साथै, उपसमितिहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने सहमति पनि जुटेको छ l    बैठकले सहकारीको लक्ष्य पूरा गर्न र संस्थालाई थप सुदृढ बनाउन सबै पक्षबाट आवश्यक योगदानको अपेक्षा गरिएको बताइएको छ l कार्यक्रम संस्थाका सचीव श्री रमेश कुमार भुसाल ज्युको संचालनमा भएको थियो l
You have to login to leave a review