जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र विभिन्न उपसमितिको संयुक्त बैठक सम्पन्न
25th December, 2024Janakalyan Multipurpose Co- Operative Ltd
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज मिति २०८१-०९-१० गते संचालक समिति , लेखा समिती र महिला , ब्यवसाय तथा पेसा छनोट , महिला दिदिबहिनी उपसमितिहरूसँग संयुक्त बैठक संस्थाका अध्यक्ष श्री दयाराम भण्डारी ज्युको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न गरेको छ बैठकमा सहकारीको वर्तमान गतिविधि, आर्थिक स्थिति, योजना कार्यान्वयन, र भविष्यका रणनीतिहरूमा छलफल भएको बताइएको छ यस बैठकमा संचालक समिति , लेखा समिति र सम्बन्धित उपसमितिहरूका संयोजक ज्युहरु तथा सदस्यज्युहरुको उपस्थिति रहेको थियो l परिचयात्मक कार्यक्रम सहित सवैजनाले सहकारीका सदस्यहरूको हितका लागि नयाँ कार्यक्रमहरू लागू गर्ने, सेवा प्रवाहमा सुधार गर्ने, र समुदायसँग सहकार्यलाई थप प्रभावकारी बनाउने सम्बन्धमा ब्यापक छलफल गर्दै आगामि बैठकमा उपसमितिहरुले आफ्ना कार्ययोजनाहरु पेश गर्ने निर्णय भएको छ l जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हरेक सदस्यलाई आर्थिक र सामाजिक रूपमा सम्पन्न बनाउने उद्देश्यसहित विभिन्न योजनाहरू अघि सारेको छ सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न सहकारी मूल्य र सिद्धान्तअनुसार काम गर्दै आएको छ संस्थाले सदस्यहरूको आर्थिक सुदृढीकरणका लागि बचत, ऋण सुविधा, लगानीका अवसर, उद्यमशीलता विकास, र तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ साथै, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यले सामुदायिक स्वास्थ्य, शिक्षा, र सीप विकासमा पनि योगदान पुर्याउँदै आएको छ बैठकमा प्रस्तुत निर्णयहरू र योजनाहरूले सदस्यहरूको व्यक्तिगत तथा सामूहिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ सहकारीको उद्देश्य केवल आर्थिक लाभमा सीमित नभई दीर्घकालीन सामाजिक न्याय र समृद्धिको दिशामा रहेको छ कार्यक्रम संचालन संस्थाका सचीव श्री रमेश कुमार भुसाल ज्युले गर्नु भएको थियो l
You have to login to leave a review
