Login

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था द्वारा सिलाई कटाई तालिम संचालन हुने

28th December, 2024
Janakalyan Multipurpose Co- Operative Ltd
मिति २०८१-०५-०६ गते देखि संचालन भएर विविध कारणले रोकिएको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुको सशक्तिकरण तथा सीप विकासका लागि संचालन गरेको सिलाई कटाई तालिम भोलि मिति २०८१-०९-१४ देखि जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको आफ्नै भवनमा पुनः शुरू हुने भएको छ l यो तालिमले विशेष गरी महिलाहरु तथा आत्मनिर्भर बन्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरी उनीहरुको सीप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ सहभागीले सिलाई, कटाई सम्बन्धी विभिन्न सीप र प्रविधिहरुमा ज्ञान हासिल गर्न सक्नेछन्, जसले उनीहरुको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउनेछ l हाल यो तालिममा १५ जना शेयर सदस्यहरु सहभागी भएको जानकारी प्रशिक्षक तथा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संचालक समिति सदस्य पेमकला भट्टराई (शोभा ढकाल ) ज्युले जानकारी गराउनु भयो l जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आगामी दिनमा आफ्ना सेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रकारका तालिमहरू संचालन गर्ने जानकारी दिएको छ यस्तो तालिमहरू सदस्यहरूको क्षमता विकास, व्यवसायिकता, आर्थिक सबलीकरण, र स्वरोजगारका अवसरहरू सिर्जना गर्नमा महत्वपूर्ण हुनेछन् यस प्रकारका कार्यक्रमले सहकारीको मुख्य उद्देश्य, अर्थात् सदस्यहरूको जीवनस्तर सुधार गर्ने लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ l
You have to login to leave a review