जनकल्याण सहकारीका अध्यक्ष सुनवल नगरपालिका सहकारी संजालको संयोजकमा निर्वाचित
30th December, 2024Janakalyan Multipurpose Co- Operative Ltd
सुनवल नगरपालिका सहकारी संजालको संयोजक पदमा दयाराम भण्डारी निर्वाचित हुनुभएको छ आज सम्पन्न सुनवल नगरपालिकामा रहेका सहकारीहरुको भेलाले भण्डारीलाई सर्वसम्मत रूपमा संयोजक पदमा चयन गरेको हो l
आज सुनवल -६ जनकल्याण सहकारी संस्थाको भवनमा भएको भेलाले संयोजक भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति र ३ जना सल्लाहकारहरु चयन गरेको हो l दयाराम भण्डारी जनकल्याण सहकारी संस्था लिमिटेडको अध्यक्ष , सफल ब्यवसायि , समाजिक क्षेत्र लगायत विभिन्न संघ संस्थामा आवद्ध रहनुभएको छ l वहाँको नेतृत्वले सुनवल नगरपालिकामा रहेका सहकारीहरुलाई उदाहरणिय बनाउन सक्ने क्षमता रहेको विस्वास गरिएको छ l
निर्वाचित भएपछि संयोजक भण्डारीले सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि नयाँ योजनासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ उहाँले सहकारीहरूमाझ एकता र पारदर्शितालाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्ने बताउनुभएको छ सुनवल नगरपालिका सहकारी संजालले क्षेत्रीय सहकारीहरूको समन्वय र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै अगाडी बढने छ नयाँ नेतृत्वले सहकारीहरूको सशक्तीकरणका लागि थप प्रभावकारी कदम चाल्ने विश्वास लिइएको छ भेलामा सुनवल नगरपालिकामा रहेका सहकारीहरूका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l
कार्यक्रममा सहकारी क्षेत्रका विविध विषयमा छलफल गर्दै आगामी कार्ययोजनाहरू पनि तय गरिएको छ l
सुनवल नगरपालिका सहकारी संजालको आज निर्वाचित समिति यस प्रकार रहेको छ l
संयोजक दयाराम भण्डारी
सदस्यहरू कृष्ण बन्धु अर्याल
यमलाल पाण्डे
डोलराज भण्डारी
लक्ष्मि देवि ढकाल
नारायण अर्याल
खगराज उपाध्याय
गोबिन्द प्रसाद ढकाल
गिर बहादुर थापा
बल बहादुर थापा
ज्ञानु उपाध्याय गौतम
लेखनाथ खरेल
कृष्ण बहादुर के सि
सल्लाहकारहरु
गङ्गा बहादुर गुरुङ
नरेस्वर पराजुली
निलकण्ड गैरे
You have to login to leave a review
