Login

जनसेवा माध्यमिक विद्यालयको ४६औं वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

24th February, 2025
Janasewa Secondary School
नवलपरासी, सुनवल – ६, बिसासयस्थित जनसेवा माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव आज भव्य रूपमा सम्पन्न भएको छ l   विद्यालय प्रांगणमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष शरिता ढकाल , प्रमुख अतिथिका रूपमा सुनवल नगर प्रमुख रहनुभएको थियो त्यसैगरी बिशिस्ट अतिथि सुनवल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्यु लगायत विभिन्न संघ संस्थाका ब्याक्तित्वहरु , सामाजिक ब्याक्तित्वहरु , विद्यालयका पुर्व अध्यक्ष ज्युहरु , सल्लाहकारहरु लगायत अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l   विद्यालयका प्रधानाध्यापक फान प्रसाद श्रेष्ठ ज्युले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक , भौतिक तथा ब्यवस्थापकिय उपलब्धिहरु सहित आगामी बर्षका कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो l   विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए यस अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने विद्यालयको शैक्षिक तथा भौतिक विकासका योजनाहरू सार्वजनिक गरियो l   विद्यालयका सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी चन्द्र कान्त पाठक ज्युले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो , कार्यक्रममा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा विद्यालयका सल्लाहकार सामाजिक ब्याक्तित्व दयाराम भण्डारी ज्युले शुभकामना व्यक्त गर्नु भएको थियो , कार्यक्रममा उपस्थित अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले विद्यालयको गुणस्तर वृद्धिमा सहकार्यको प्रतिबद्धता व्यक्त गरे l     कार्यक्रम समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समिति कार्यबाहक अध्यक्ष ज्युले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै विद्यालय प्रति अभिभावक तथा स्थानीय समुदायको भरोसा झन मजबुत हुदै गएको बताउदै यसलाई अझ मजबुत बनाउनको लागि सवैको सहकार्य आवस्यक रहेको उल्लेख गर्नुभएको थियो l    
You have to login to leave a review