जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा ३ दिने धुपबत्ति बनाउने तालिम शुरूवात
27th February, 2025Janakalyan Multipurpose Co- Operative Ltd
जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था सुनवल ६ बिसासयको आयोजनामा तीन दिने धुपबत्ती तालिम सुरु भएको छ l
सहकारीका सचिव तथा शिक्षा समिति संयोजक रमेश भुसालको अध्यक्षता तथा जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि सुनवल ६ का अध्यक्ष दयाराम भण्डारीको प्रमुख आतिथ्यतामा सुरु भएको तालिमलाई प्रशिक्षक भगवती बस्यालले सहजीकरण गर्ने सस्थाले जनाएको छ l
प्रमुख अतिथि भण्डारीले जकल्याण बहुउद्देश्यीय सहकारी सस्थाले आफ्ना शेयर सदस्यहरुको आर्थिक सशत्तिकरण गर्नको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र यस तालिमले पनि आर्थिक उपार्जनमा महत्वोपुर्ण भुमिकानिर्वाह गर्ने बताउनुभयो l
लेखा समिती संयोजक पदम प्रसाद काफ्लेको विशेष आतिथ्य रहेको कार्यक्रममा संचालक समिती, लेखा समिती लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन कोषाध्यक्ष पदम काफ्लेले गर्नुभएको थियो तालिममा १८ सहभागीता रहेको छ l
You have to login to leave a review
