Login

जनकल्याण बहुउद्देश्यीय सहकारी लिमिटेडद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

29th March, 2025
Janakalyan Multipurpose Co- Operative Ltd

जनकल्याण बहुउद्देश्यीय सहकारी लिमिटेडको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ शिविरमा विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिँदै स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिइएको थियो l

आज सम्पन्न शिविरमा नि:शुल्क दन्त परीक्षण, पाठेघर परीक्षण, र आँखा परीक्षण सेवा प्रदान गरिएको थियो l  युनिभर्सल डेन्टलको सहयोगमा दन्त परीक्षण, पृथ्वी चन्द्र अस्पताल परासीको सहकार्यमा पाठेघर परीक्षण, तथा भगवती नेत्रालय परासीको सहकार्यमा आँखा परीक्षण गरिएको थियो स्वास्थ्य शिविरमा ठूलो संख्यामा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो l

उपस्थित नागरिकहरूले स्वास्थ्य परीक्षण सेवाबाट लाभान्वित भएको प्रतिक्रिया दिएका छन्   सहकारीका अध्यक्ष दयाराम भण्डारीले समुदायको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्  l यस स्वास्थ्य शिविर सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागीहरूलाई आयोजकका तर्फबाट अध्यक्षले धन्यवाद व्यक्त गरेका छन  l

 

You have to login to leave a review