Login

जनकल्याण बहुउद्देश्यीय सहकारीद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

19th April, 2025
Janakalyan Multipurpose Co- Operative Ltd

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सुनवलद्वारा सहकारी क्षेत्रको समसामयिक विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ संस्था अन्तर्गतको शिक्षा उपसमितिको आयोजनामा गरिएको उक्त कार्यक्रम सहकारी सदस्य तथा पदाधिकारीहरूका लागि जानकारीमूलक तथा ज्ञानवर्द्धक रह्यो l

 

कार्यक्रमको अध्यक्षता संस्था सचिव तथा शिक्षा उपसमितिका संयोजक रमेशकुमार भुसालले गरेका थिए कार्यक्रमका प्रमुख अतिथि प्रशिक्षक लक्ष्मण कुमार थापा रहे भने सहकारीका अध्यक्ष दयाराम भण्डारी, लेखा समिति संयोजक पदमप्रसाद काफ्ले विशिष्ट आतिथिका रूपमा उपस्थित थिए कार्यक्रममा पदम प्रसाद काफ्लेले स्वागत मन्तव्य राखेका थिए ,त्यसै गरि शिक्षा उप समिति सदस्य बासुदेव पौडेलले कार्यक्रमको औचित्य पुष्टि गर्दै आफ्नो मन्तव्य राखेका थिए कार्यक्रमको सञ्चालन केशवराज खनालले गरेका थिए  l

अभिमुखिकरण कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्यहरू, लेखा समिति सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो

प्रशिक्षक थापाले सहकारी क्षेत्रको वर्तमान अवस्था, सरकारी नीतिहरू, संस्थागत सुशासन, पारदर्शिता, तथा प्रविधिको प्रयोग विषयमा विस्तृत जानकारी दिएका थिए साथै, सहकारीले समुदायमा पार्ने प्रभाव, आर्थिक अनुशासन, तथा सदस्यको भूमिकाबारे पनि व्यापक छलफल गरिएको थियो कार्यक्रममार्फत सहभागीहरूले सहकारी व्यवस्थापन र सञ्चालनमा आवश्यक नवीनतम जानकारी प्राप्त गर्न पाएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको सुझाव दिएका छन्

संस्थाका अध्यक्ष दयाराम भण्डारीले सहकारीलाई थप प्रभावकारी र जवाफदेही बनाउन यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे l

 

You have to login to leave a review