देवदह–७, मदनग्राम, रुपन्देही — लुम्बिनी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था सरस्वती शिक्षालयले यस शैक्षिक सत्रमा ५० जना नयाँ विद्यार्थीलाई भर्ना गर्दै हार्दिक स्वागत गरेको छ नयाँ उमंग र उत्साहका साथ विद्यालय प्रवेश गरेका विद्यार्थीहरूलाई विद्यालय परिवारले विशेष कार्यक्रममार्फत स्वागत गरेको हो
विद्यालयका प्रधानाध्यापकले नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना दिँदै शिक्षालयको गौरवशाली परम्परा, अनुशासन र शैक्षिक उत्कृष्टताको बारेमा जानकारी गराउनु भएको थियो उहाँले शिक्षाको महत्व र विद्यार्थीहरूको भूमिकालाई उल्लेख गर्दै सबैलाई सक्रिय र अनुशासित बन्न आग्रह गर्नुभयो
स्वागत कार्यक्रममा शिक्षक तथा पुराना विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो
सरस्वती शिक्षालयले विगतदेखि नै गुणस्तरीय शिक्षाको क्षेत्रमा उत्कृष्टता कायम गर्दै आएको छ विद्यालय प्रशासनले नयाँ विद्यार्थीहरूको आगमनले शिक्षालयको शैक्षिक यात्रालाई अझ सशक्त बनाउने विश्वास लिएको छ
