Login

सुनवलको गहना जनसेवा मा.वि.मा कक्षा ११ भर्ना खुल्यो उज्यालो भविष्यको लागि उत्कृष्ट गन्तव्य

11th July, 2025
Janasewa Secondary School

हालै सम्पन्न कक्षा १२ को परीक्षामा जिल्लामै उदाहरणीय नतिजा ल्याएर शैक्षिक उत्कृष्टताको नमुना बनेको जनसेवा माध्यमिक विद्यालय, सुनवल–६, नवलपरासीले कक्षा ११ भर्ना प्रक्रिया प्रारम्भ गरेको छ सुनवल नगरको शैक्षिक गहना मानिने यस विद्यालयमा सीमित सिट मात्र उपलब्ध भएकाले चाँडै भर्ना प्रक्रिया पूरा गर्न विद्यालयले अभिभावकहरूलाई अनुरोध गरेको छ

विद्यालयले Science, Management र Education तिनै विषयगत समूहमा कक्षा ११ को पठनपाठन संचालन गर्दै आइरहेको छ प्रत्येक समूहमा अनुभवी शिक्षकहरूको दक्ष टोली, नियमित शैक्षिक अनुगमन र समसामयिक पाठ्यक्रम अनुसारको अभ्यासमार्फत विद्यार्थीलाई प्रतिस्पर्धात्मक योग्यता विकास गराइँदै आएको छ

* पूर्वाधार र प्रविधियुक्त शिक्षा

* विद्यालयमा आवश्यक सबै भौतिक तथा प्राविधिक पूर्वाधार उपलब्ध छन् जसमध्ये विशेष उल्लेखनीय:

* अत्याधुनिक साइन्स ल्याब (Physics, Chemistry, Biology)

* सिभिल इन्जिनियरिङ ल्याब सहित प्राविधिक शिक्षा

* सबै कक्षाकोठामा स्मार्ट बोर्ड र डिजिटल

शिक्षण प्रविधिको प्रयोग जनसेवा मा.वि.मा सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत अत्यन्तै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति, तथा दुःखी, गरिब, जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छुट र सहयोगको व्यवस्था गरिएको छ यसले शिक्षामा समान पहुँच सुनिश्चित गर्दै आएको छ

सुनवल नगर र आसपासका क्षेत्रका विद्यार्थीहरूका लागि विद्यालयबाट सुरक्षित तथा नियमित स्कुल बस सेवा उपलब्ध छ RFID प्रणाली र SMS सूचनामार्फत अभिभावकहरूलाई बसको अवस्थाबारे जानकारी दिइन्छ शिक्षा भनेको केवल पढाइ मात्र होइन, व्यक्तित्व विकास, मूल्य–मान्यता र नेतृत्व सीपको प्रशिक्षण पनि हो

जनसेवा मा.वि. यही लक्ष्यसहित अगाडि बढिरहेको विद्यालय हो उज्यालो भविष्यको यात्रा यहीँबाट सुरु हुन्छ आजै भर्ना गरौं – जनसेवा माध्यमिक विद्यालय, सुनवल–६ मा

भर्नाका लागि सम्पर्क: जनसेवा माध्यमिक

विद्यालय, सुनवल–६, नवलपरासी

 

You have to login to leave a review