Remember Me
जनसेवा माध्यमिक विद्यालय, सुनवल–६ बिशासयमामा आजदेखि कक्षा ११ को नियमित पठनपाठन सुरु गरिएको छ शैक्षिक सत्रको पहिलो दिन विद्यालयमा भव्य रूपमा स्वागत कार्यक्रम, ओरिएन्टेसन सेसन तथा नियमित कक्षा सञ्चालन गरिएको छ l
नवआगन्तुक विद्यार्थीहरू विद्यालयको शैक्षिक वातावरणसँग परिचित हुँदै भविष्यप्रति आशावादी बनेका छन् ओरिएन्टेसन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अनुभवी शिक्षकगण तथा व्यवस्थापन समितिका प्रतिनिधिहरूले विद्यालयको नीति, शैक्षिक दृष्टिकोण, मूल्याङ्कन प्रणाली र विद्यार्थीका लागि तयार गरिएका अवसरहरूको बारेमा विस्तृत जानकारी दिएका थिए कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्धता विकास गराएको देखिएको छ l
विद्यार्थीहरू कक्षामा बस्दै पहिलो दिनदेखि नै शैक्षिक यात्रामा गम्भीर रूपमा संलग्न देखिएका छन् कक्षा ११ को यो सुरुवात उनीहरूको शैक्षिक जीवनको नयाँ मोड हो, जहाँ विद्यालयले ‘गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनशीलताको’ भरपर्दो आधार प्रदान गर्दै आएको छ विद्यालय प्रशासनले अभिभावकहरूलाई आह्वान गर्दै भनेको छ, “तपाईंको सन्तानको भविष्य निर्माणमा उचित वातावरण, अनुभवी शिक्षक, व्यवहारिक पाठ्यक्रम र डिजिटल शिक्षण पद्धतिले साथ दिने विद्यालय छनौट गर्नु अति महत्वपूर्ण छ जनसेवा माध्यमिक विद्यालय यस क्षेत्रको एक उत्कृष्ट विकल्प हो” यसै सन्दर्भमा विद्यालयले कक्षा ११ का लागि भर्ना प्रक्रिया अझै खुला रहेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरू तथा अभिभावकहरूलाई विद्यालयमा सम्पर्क गरी आफ्नो भविष्य सुनिश्चित गर्न अनुरोध गरेको छ l
जनसेवा माध्यमिक विद्यालय — सफलता र संस्कारको सुनिश्चित मार्ग