Login

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

17th October, 2023
Sagarmatha Secondary Boarding School
सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा  कक्षा छ र सातमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु बिच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकूल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले राखिएकोेउक्त कार्यक्रममा कक्षा शिक्षकहरु  ज्योति अधिकारी, बिष्णुमाया प्रधान, मनिता थापा, शौरभ गुरुङ र निश्चल के.सीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समूहका नानीबाबुलाई  उमेरअनुसार देखापर्ने परिवर्तन  र सामाजिक तथा पारिवारिक दायित्व बोध गर्न व्यवहारिक ज्ञानको आवश्यकता पर्ने कुरा व्यक्त गर्दै उहाँले विद्यार्थीको मनोविज्ञानको अध्ययन गरी शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो  विद्यालयका ८५ बढी अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र मनिता थापाकोे सञ्चालनमा सम्पन्न भयो        
You have to login to leave a review