सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
17th December, 2023Sagarmatha Secondary Boarding School
देवदह देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ विद्यालयले शुक्रबार मनाउने ‘बुक फ्री फ्राईडे’ कार्यक्रम अन्तर्गत शुक्रबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो
विद्यालयको प्राथमिक तह अन्तर्गत कक्षा ४ र ५ बिच भएको प्रतियोगितामा छनोट चरण पार गरी अन्तिम चरणमा मर्करी, भेनस, अर्थ, मार्स, जूपिटर, सटरून गरी ६ समूहबिच प्रतिस्पर्धा भएको विद्यालयले जनाएको छ प्रतियोगितामा सबै भन्दा बढी १५५ अङ्कका साथ सटरून समूहका अशिम महत, सिजन न्यौपाने, जोस्ना तामाङ र शिवानी कुँवर प्रथम, १२५ अङ्कका साथ मर्करी समूहका हिमाग्ना थापा, अमिर सेन, सुदिप ढकाल र एश्लिन थापा द्धितीय र ११५ अङकका साथ अर्थ समूहका न्यान्सी बस्याल, निलम भट्राई, सुस्मा थापा र आइज्याक थापा तृतिय भए
विद्यालय सञ्चालक कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्ले, जिवन तामाङ, शिक्षिका मिना कुँवर, अज्जु श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए
You have to login to leave a review
