Login

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

11th January, 2024
Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा  कक्षा तीनमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु बिच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले राखिएको उक्त कार्यक्रममा कक्षा शिक्षकहरु  तुलसी रेश्मी, रश्सा के.सी. र पुजा थापाले आ-आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो  कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई अभिभावकहरुले पनि समय ब्यावस्थापन गरी उनीहरुको जिज्ञासालाई महत्व दिनुपर्नेमा जोड दिनु भयो  विद्यालयका ७० बढी अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह-प्राचार्य प्रदिप अधिकारीकोे सञ्चालनमा सम्पन्न भयो
You have to login to leave a review