Login

सगरमाथामा सरस्वती पूजा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

14th February, 2024
Sagarmatha Secondary Boarding School
मिति २०८०/११/०२ सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगरमा बसन्तपंचमीको पावन अवसरमा सरस्वतीपूजा, पुरस्कार वितरण एवम् अक्षराम्भ कार्यक्रम आज सम्पन्न भएको छ धार्मिक विधि अनुसार सरस्वतीको पूजा सम्पन्न भइसकेपछि शैक्षिक सत्र २०७९ मा विभिन्न विद्यामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले शिक्षा, खेलकुद, साहित्य र जीवनका सबै प्रकृयामा सरस्वती माताको अनुकन्पा आवश्यक पर्ने हुँदा सबैले सरस्वतीको पूजा आराधाना गर्नुपर्नेमा जोड दिनुभयो साथै आजै सम्पन्न भएको अक्षराम्भ कार्यक्रममा ३ बर्ष उमेर पुगेका बाल बालिकाहरुलाई अक्षर चिनाउने कार्य समेत सम्पन्न भयो विद्यालयका लेखापाल सुनिल पौडेलले दिएको जानकारी अनुसार आज ११० जना विद्यार्थी भर्ना भएका छन् उक्त कार्यक्रम विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलको अध्यक्षता विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिल्लीराज मरासिनिको प्रमुख आतिथ्यता र सहप्राचार्य लेखनाथ काफ्लेको सञ्चालनमा सम्पन्न भयो
You have to login to leave a review