साधना पोली क्लिनिक प्रा. लि. , देवदह५, खैरेनी बजार, रुपन्देही एक अत्याधुनिक तथा विश्वासिलो स्वास्थ्य सेवा प्रदायक संस्था हो, जसले समुदायमै गुणस्तरीय र सुलभ सेवा प्रदान गर्दै आएको छ हामीले अनुभवी चिकित्सक टोली, दक्ष स्वास्थ्यकर्मी र आधुनिक उपकरणहरूको संयोजनमार्फत प्रत्येक बिरामीलाई प्रभावकारी उपचार सेवा दिने प्रतिबद्धता लिएका छौं
स्थापना कालदेखि नै हामीले "सस्तो, सुलभ र भरपर्दो स्वास्थ्य सेवा" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, जनताको स्वास्थ्य र सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएका छौं नियमित चेकजाँचदेखि विशेषज्ञ परामर्श, प्रयोगशाला परीक्षण, औषधि सेवा र सामान्य शल्यक्रियासम्मका सेवा हाम्रो पोलिक्लिनिकमा उपलब्ध छन्
हामी किन?
अनुभवी तथा मैत्रीपूर्ण चिकित्सक र स्टाफ
पूर्ण सुविधायुक्त स्वास्थ्य सेवा केन्द्र
आधुनिक प्रयोगशाला तथा उपकरण
सहज वातावरण र शीघ्र सेवा
समुदायमैत्री सेवा अवधारणा
हाम्रा प्रमुख सेवा क्षेत्रहरू:
सामान्य तथा विशेषज्ञ स्वास्थ्य परामर्श
ल्याब परीक्षण तथा रिपोर्ट
बालबालिका र महिलासम्बन्धी स्वास्थ्य सेवा
सामान्य शल्यक्रिया तथा घाउ उपचार
नियमित स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम
"स्वास्थ्य नै धन हो भन्ने उखानलाई आत्मसात गर्दै हामीले साधना पोलिक्लिनिक प्रा. लि. स्थापना गरेका हौं हाम्रो उद्देश्य accessible, affordable र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म पुर्याउनु हो आधुनिक प्रविधि, दक्ष स्वास्थ्यकर्मी र सेवाभावले भरिएको हाम्रो टिमले समुदायको स्वास्थ्य सुधारमा निरन्तर योगदान गरिरहेको छ
हामी विश्वास गर्छौं स्वास्थ्य सेवा कुनै व्यापार होइन, यो सेवा हो त्यसैले हाम्रो पोलिक्लिनिकले सेवाग्राहीको आवश्यकता अनुसार नै सुविधा विकास गर्दै आएको छ भविष्यमा अझ विस्तारित सेवा र विशेषज्ञ डाक्टरहरूको टोलीसहित हामी ग्रामीणदेखि शहरी क्षेत्रसम्म स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्य लिएका छौं
साधना पोलिक्लिनिकप्रति जनविश्वास अझ मजबुत बनाउँदै लैजान हामी प्रतिबद्ध छौं"